सप्तरी – नेकपा चन्द समूहकी उमा भुजेल र सुमनसिंह पौडेल प्रहरीलाई झुक्काएर फरार हुन सफल भएका छन् ।
पक्राउका लागि सप्तरी जिल्ला अदालत अगाडि बसेको प्रहरीलाई झुक्याएर नेत्रविक्रम चन्द समूहकी नेतृ भुजेल र नेता पौडेल फरार हुन सफल भएका हुन् ।
जिल्ला अदालत अगाडि पक्राउ गर्न २ प्रहरी निरीक्षकको नेतृत्वमा बसेको दर्जनौ प्रहरीको आँखा छल्दै उनीहरु उम्किन सफल भएको हो ।
सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएसनको रोहबरमा आइतबार साँझ रिहा गरे लगत्तै उनीहरु प्रहरीलाई झुक्काएर भाग्न सफल भएका थिए ।
राज्यको विभिन्न अदालतले छाड्न आदेश दिए लगत्तै प्रहरीले उनीहरुलाई पटक पटक पक्राउ पर्दै आएका थिए । गएको ८ महिनाको अवधिमा भुजेललाई राज्यले १२ औं पटक पक्राउ परिसकेको थियो ।
भुजेल तात्कालीन सरकार–माओबादी द्वन्दका बेला गोरखा कारागारबाट सुरुङ खनेर भाग्न सफल भएकी सहसिक महिला हुन ।


