गोरखा – गोरखा जिल्लामा लागु गरिएको निषेधाज्ञा आजबाट खुल्ला गरिएको छ ।
जिल्ला कमाण्ड पोष्टको हिजोको बैठकले १४ दिन लामो निषेधाज्ञा अन्त गर्दै आजदेखी खुल्ला गरेको हो ।
निषेधाज्ञा खुल्ला भएता पनि भिडभाड हुने कुनै पनि ब्यवसायहरु संञ्चालनमा रोक लगाइएको छ । तर लामो समय देखी मारमा परेको ब्यूटी पार्लर, सैलुन, जिमखाना, कवड हल, होटल तथा रेष्टुरेन्ट, बाहेकका अन्य ब्यवसायहरु सञ्चालन गर्न खुल्ला गरिएको छ ।
माथि उल्लेखित गरिएका ब्यवसाय गएको चैत्र महिना देखी खुल्ला रुपमा सञ्चालनमा आउन सकेको छैन ।
त्यस्तैगरी कमाण्ड पोष्टले निजी सवारी संञ्चालनमा जिल्ला भित्र ब्यत्तिगत, कार्यालय प्रयोजनका लागि रातो प्लेटका सवारी चल्ने दिने भएता पनि भाडा लिएर कुनै निजि सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । निजि सवारीमा सवारी चालक सहित ३ जनाको लागि मात्र अनुमती दिएको हो ।
आउनुहोस अन्य निर्णय के के भयो त हेरौं



