गोरखा – गोरखामा आज थप १२ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिकाको वडा नम्बर ८, १० र १३ मा गरी १२ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित गोरखामा कोरोना पुष्टी हुनेको संख्या १४२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा नगरपालिका ८ र १० को १/१ जना पुरुष र १३ को ७ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टी भएको हो ।
गोरखा नगरपालिका १३ मा केही दिन अगाडी मात्र १ जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको थियो । दराई गाउँका उनको मृत्यु संगै १२ जनामा संक्रमण पुष्टी भई सकेको छ ।
संक्रमित सबैलाई गोरखा सदरमुकाममा रहेको गोरखा क्याम्पसको आइसोलेनमा कक्षमा ल्याउने तयारी भई रहेको कार्यालयले जनाएको छ ।



