काठमाण्डौ – भारतको लेबेन ल्याब्रोटरिजले उत्पादन गरेर नेपालमा बिक्री गरिरहेको एक औषधी गुणस्तर हिन पाईए पछि तत्कालै फिर्ता लान औषधी बिभागले निर्देशन दिएको छ ।
उत्त कम्पनीको एलको एक्स २५० एमजी क्याप्सुल नामको औषधिको परीक्षण गर्दा न्यून गुणस्तरको पाईए पछि औषधि व्यवस्था विभागले नेपालमा बिक्री वितरणमा रोक लगाउदै नेपालमा भएका सबै औषधी तत्कालै फिर्ता लान निदेृशन दिएको हो ।
विभागले एलको एक्स २५० एमजी क्याप्सुल नामको औषधि भारत फिर्ता गर्न र त्यसको विवरण विभागमा पेस गर्न आयातकर्तालाई विभागले निर्देशन दिएको छ ।



