काठमाण्डौ – चिनमा उत्पादन हुदै गरेको कोरोना बिरुद्वको खोपको मुल्य तोकिएको छ ।
चिनियाँ कम्पनी सिनोफार्मले परीक्षण गरिरहेको खोपको मूल्य १४० डलर तोकेको हो ।
परीक्षण भइरहेको र नेपाली क्यालेण्डर अनुसार कात्र्तिक मंसिर महिना बजारमा आउन सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको जनाएको छ ।
कम्पनीले एक महिनाअघि नै खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने दावी गर्दै आएको थियो ।
विश्वभरि अहिले ६ वटा खोप अन्तिम चरणका परीक्षणमा रहेको छ । जस मध्ये ३ वटा खोप चिनमा नै परिक्षण हुदै आएको छ । पहिलो पटक चीनमा देखा परेको कोरोना भाइरस अहिले विश्वको २१३ देशमा फैलिइ सकेको छ । चिनमा भने यो रोग नियन्त्रणमा आई सकेको छ ।
संक्रमणबाट विश्वभरी २ करोड ४६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने ८ लाख ३४ हजार भन्दा धेरैको ज्यान गुमाइसकेका छन् ।



