गोरखा – बालिका बलात्कार आरोपमा गोरखा पालुङटारका एक वडाध्यक्ष पुरपक्षका लागि गोरखा कारागार चलान गरिएको छ ।
पालुङटार नगरपालिका ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई आज गोरखा अदालते पुरपक्षका लागि गोरखा कारागार चलान गरेको हो ।
गोरखा जिल्ला अदालत आज भएको थुनछेकको बहसमा अदालतले रानाभाटलाई पुरपक्षका लागि कारागार चलान गरेको जनाएको छ ।
जिल्ला न्यायधिस रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको हो । गएको साउन १६ गते गाउँकै १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरि जबरजस्ती करणी मुद्वा दर्ता गरेको थियो ।


