गोरखा – गोरखा प्रहरीले नारेश्वर क्षेत्रमा रहेको ५ हजार बोट गाँजा नष्ट गरेको छ ।
गोरखा नगरपालिका ३ नारेश्वरको बिभिन्न स्थानमा आज ५ हजार बोट गाँजाको बोट नष्ट गरिएको हो ।
सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा गोरखा प्रहरीले बिहिबार त्यस क्षेत्रमा रहेको गाँजा फडानी गरेको गोरखा प्रहरीले जनाएको छ । प्राकृतिक रुपमा उम्रिएको ६५ रोपनी क्षेत्रफलका गाजाँ नष्ट गरिएको हो ।




















