पोखरा – पोखराको रानीपौवा क्षेत्रबाट ठुलो मात्रामा लागु औषध सहित १ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ११ रानीपौवाको तुलसीमार्गबाट लागु औषध सहित विशाल धमाललाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने युवा स्थानिय भएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवा संग गाँजा, चरेस र प्रतिबन्धित ट्याब्लेट बराम भएको छ ।
घमालले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको र यसको कारोबार समेत गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले आज खनतलासी गर्दा ट्रामाडल हाइड्रोक्लोराइड नामक ३०० क्याप्सुल, चरेश ३०० ग्राम र सुकेको गाँजा ३ किलो ४०० ग्राम सहित वडा प्रहरी कार्यालय राम बजारको प्रहरी टोलीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले घमालका बिषयमा थप अनुसन्धान गरेको जनाएको छ ।





















