गोरखा – गोरखाको देउराली र रामशाह टोलका ११३ जनाको स्वाब संकलन गरिएको छ ।
केही दिन अगाडी कोरोना संक्रमण देखिएका २ जना ब्यक्तिको सम्र्पकममा आएकाहरुको गोरखा नगरपालिका स्वास्थ्य शाखाले स्वाब संकलन गरेको हो ।
गोरखा नगरपालिका १३ का ३९ र ४३ बर्षका पुरुषमा कोरोना संक्रमण देखिए संगै उनीहरुको सम्र्पकमा आएकाहरुको स्वाब लिने काम भएको गोरखा नगरपालिकाका स्वास्थ्य प्रमुख ईश्वर रेग्मीले बताए ।
ट्राभल्स हिष्ट्री नै नभएका ति दुई पुरुषलाई संक्रमण देखिए पछि त्यहाँका स्थानिय त्रसित बनेका थिए । दुवैजना बिरामी भएर चितवनमा उपचाररत रहदा कोरोना पुष्टी भएको थियो ।
संक्रमित मध्ये ३९ बर्षका पुरुष दराई गाउँका भएको र अर्का ४३ बर्षका ब्यक्ति रामशाह टोलका भएका वडाध्यक्ष हरि खनालले बताए ।
संक्रमित मध्ये १ जना बिदेशबाट फर्किएर ङाईभिङ पेशामा आबद्ध रहदै आएका छन् भने अर्का पुरुष होटल व्यवसायी हुन् । उनीहरुलाई क्रमश. ५ गते र भाद्र ७ गते बिरामी भएपछि उपचारका लागि चितवन लगिएको थियो ।
गोरखा नगरपालिका स्वास्थ्य शाखाका अनुसार देउरालीबाट ५७ जना र रामशाह टोलबाट ५६ जनागरि ११३ जनाको स्वाब संकलन भएको छ ।
संकलित स्वाब आज (बिहिबार) जिल्ला स्वास्थ्य कार्यालय मार्फत पिसिआर परिक्षणका स्वास्थ्य निर्देशनालय पोखरा पठाउने तयारी भएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।



