गोरखा – जिल्लाको ताकुकोट स्वास्थ्य चौकी जाने बाटो मर्मत सुरु भएको छ ।
अबिरल बर्षा पछि पहिरोले अबरुद्व गरेको कच्ची सडकको प्रदेश साँसद प्रकाशचन्द्र दवाडीले ब्यत्तिगत खर्चमा मर्मत गर्न थालेको हो ।
नेपाल सकारका पूर्वसचिव भिम उपाध्यायले आफ्नो फेसबुक वालमा उत्त बाटोको तस्बिर राखे पछि बाटोको बिषय चर्चामा आएको हो । स्वास्थ्य चौकी जाने बाटोको अवस्थाका बिषयमा सामाजिक संजालमा सार्वजानिक भए लगत्तै नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रबत्ता दवाडीले आफ्नो खर्चमा बाटो मर्मत गराउन सुरु गरेको स्थानिय निर्मल धितालले बताए ।
बाटो मर्मतको काम आज (बुधबार) बिहानै देखी मेशिन लगाएर सुरु गरिएको छ । ‘बाटोको बिषमा आफुलाई स्थानियबाट जानकारी नभएको तर फेसबुकमा उत्त बाटो देखे पछि तत्कालै स्थानियलाई परिचालन गरी मर्मत गर्न भनेको’ साँसद दवाडीले बताए । सोही क्षेत्रबाट निर्वाचित भएका दवाडीले प्रदेश साँसदमा चयन भए लगत्त आफुले पाउने सबै प्रकारको भत्ता सोही क्षेत्रमा खर्चदै आएका छन् ।
गाउॅंपालिकाको केन्द्र नजिकै रहेको उत्त स्वास्थ्य चौंकीका बिषयमा पालिकाले ध्यान नदिएको भन्दै सामाजिक सञ्जालमा चर्चा हुन थालेको थियो ।


