गोरखा – गोरखाको बोर्लाङमा रहेको प्रावि स्कुललाई स्थानियले जग्गा दान दिएका छन् ।
जिल्लाको भीमसेन थापा गाउँपालिका ७ बोर्लाङ सिमलटार स्थित सुन्दर प्राथामिक बिधालयको भवन निर्माणका लागि स्थानीय राजु ढकालले जग्गा दान दिएका हुन् ।
०७२ सालको बिनाशकारी ‘गोरखा भुकम्प’ले क्षती पुरयाएको बिधालयको भवन निर्माणका लागि ढकालले ५ आना २ दाम जग्गा दान दिएको हो । स्कुल भवनको लागि बजेट बिनियोजन भएपनि जग्गाको अभाब भए पछि ढकाल आफै भवन निर्माणका लागि बिधालयलाई जग्गा दान दिएको हो ।
उनले बिद्यालय संग जोडिएकोे जग्गा दानमा उपलब्ध गराएको भिमसेन थापा गाउँपालिका ७ का वडाअध्यक्ष नारायण श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार अब स्कुल भवन बनाउन सहज भएको प्रतिक्रिया दिए ।
बिद्यालयले उत्त जमिनमा ४ कोठे भवन निर्माणका गर्ने तयारी गरेको छ । जसका लागि ७० लाख बराबरको बजेट प्राप्त भएको स्कुलका प्रधानाध्यापकले बताए ।
तस्बिर सौजन्य बिमल श्रेष्ठ




















