पोखरा – गण्डकी प्रदेशको विभिन्न जिल्लामा आज थप ३३ जनामा संक्रमण पुष्टी भएको छ ।
कास्की, नवलपरासी, लमजुङ जिल्लाहरुमा उत्त संख्यामा कोरोना पुष्टी भएको हो । यो सहित गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या १ हजार ९४६ जनामा पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश रामघाट पोखराले आज बिहान १० सम्ममा ३ वटा सूचन जारी गर्दै ३३ जनामा संक्रमण भएको पुष्टी गरेको हो । निर्देशनालयले जारी गरेको सूचना अनुसार कास्कीको मादी र पोखरा महानगरपालिका ३ जना, नवलपरासीको गैडाकोटमा ३ र कावासोतीमा ४ जना र लमजुङको बेशिसहरमा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।
संक्रमित हुनेहरुमा २ जना महिला र ३१ जना पुरुष रहेका छन् । उनीहरु सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेसन कक्षमा लाने तयारी भई रहेको निदेशनालयले जनाएको छ ।






