चितवन – भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको १ जना संक्रमित भाग्न सफल भएको छ ।
आज (मंगलबार) बिहान ५ः०० बजे संक्रमित अस्पतालबाट भाग्न सफल भएको हो ।
विहान अस्पतालका स्वास्थ्यकर्मीले खोजी गर्दा उनी आइसोलेसनमा नदेखिएको अस्पताल प्रशासनले जनाएको छ ।
केहिदिन अघि मात्र चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण देखिएपछि प्रहरीले अस्पताल भर्ना गराएका थिए ।
भरतपुरको पारस बसपार्क आसपास बस्दै आएका ती व्यक्तिको ब्यापक रुपमा खोजि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


