पाेखरा – गण्डकी प्रदेशमा आज ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८८८ जना पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेहरुमा नवलपुर, तनहुँ, बागलुङ, म्याग्दी र स्याङजाका रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयले आज (सोमबार) बिहान एक सूचना जारी गर्दै नवलपरासीको बिनयत्रिबेणी नगरपालिका १ की ६ बर्षिया बालिका र २८ बर्षका पुरुष गरी २ जना, तनहुँको ब्यास नगरपालिका ५ का २६ बर्षका पुरुष र शुक्लागण्डकी नगरपालिका ४ का २८ बर्षका पुरुष गरी २ जना, बागलुङको बागलुङ नगरपालिका २ का २० बर्षका २ जना पुरुष, म्याग्दीको बेनी नगरपालिका १ का २० बर्षका १ जना पुरुष र स्याङजाको पुतलीबजार नगरपालिका ३७ बर्षका १ जना पुरुषमा संक्रमण देखिएको जनाएको छ ।
संक्रमित सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भईरहेको निर्देशनालयले जनाएको छ ।





















