गोरखा – कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गोरखा जिल्लामा दोस्रो चरणको निषेधाज्ञा आज देखी सुरु भएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टले आज देखी लागुहुने गरी थप ७ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।
कमाण्ड पोष्टको यो निर्णय संगै आज (सोमबार) बिहान १ बजे देखी भाद्र १४ गते राती १२ बजे सम्मलाई निषेधाज्ञा लागु हुने छ । दोस्रो चरणको निषेधाज्ञामा पनि पहिलो चरणको जस्तै अत्यावश्यकिय प्रयोजनमा प्रयोग भएका बाहेक सार्वजानिक र निजी कुनै पनि प्रकारको सवारी सञ्चालनमा रोक लगाईएको छ ।
त्यस्तै गरी कमाण्ड पोष्टको उत्त निर्णय संगै सरकारी कार्यालय, स्थानिय तह, सार्वजानिक संस्थान, सामाजिक सेवाका संघ संस्थाहरु, बैंक तथा बित्तिय संस्था लगायतले अत्यावश्यकिय सेवा बाहेकका सेवाहरु पूर्ण रुपमा बन्द गनुपर्ने छ भने खाद्यान्न, औषधी र पेट्रोलिय पदार्थ बाहेकका सबै पसलहरु बन्द रहनेछन् ।
आउनुहोस हामी पनि हेरौं कमाण्ड पोष्टको निर्णय






















