काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड १९)बाट नेपालमा आइतबार थप ८१८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार देशको विभिन्न भागमा संकलित स्वाब परिक्षणका क्रममा उत्त संख्यामा संक्रमण पुष्टी भएको हो । संक्रमित मध्ये २२० महिला र ५९८ पुरुष रहेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा १६६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १२६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा संक्रमण पुष्टि भएको हो।
पत्रकार सम्मेलनमा डा.गौतमले पछिल्ला २४ घण्टामा संक्रमणबाट नेपालमा थप ३ जनाको ज्यान गएको समेत जानकारी गराए । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ जना पुगेको छ ।




















