गोरखा – गोरखामा थप ७ दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै जान सक्ने अवस्था र्सिजना भएको भन्दै थप ७ दिनको लागि निषेधाज्ञा जारी गरिएको हो । अब भाद्र १४ गते राती १२ बजे सम्म यो निषेधाज्ञा लागु हुने छ ।
कोरोना भाइरस न्युनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आज (आइतबार)को बैठकले जिल्ला भर लागु हुने गरी थप ७ दिनको लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
लक डाउन पछि पहिलो पटक भदौ १ गतेदेखि ७ गतेसम्म गरिएको निषेधाज्ञा आज राती १२ बजे देखी सकिदै छ ।
निषेधाज्ञा अबधीभर जिल्ला भित्र अत्याबश्यक बाहेकका सवै सवारी साधन सञ्चालन गर्न रोक लगाईएको छ भने औषधी, किराना र पेट्रोलियम पदार्थको पसल बाहेक अरु खोल्न नपाईने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
उक्त अबधीमा जिल्ला भित्रका सवै सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु समेत बन्द गर्ने निर्णय भएको छ ।
छिमेकी जिल्ला लमजुङ, तनहुँ, चितवन, धादिङ जिल्लाहरुका स्थानीय तहमा संक्रमण बढ्न थाले पछि गोरखामा निषेधाज्ञा थप गरिएको हो ।


