काठमाण्डौँ – नेकपाको आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो काम सम्पन्न गरे संगै अध्यक्षद्वयलाई समक्ष सुझाब बुझाका छन् ।
आज (शनिबार) बिहानैदेखि बालुवाटारमा बसेको कार्यदलको बैठकले काम सम्पन्न गरी सुझाब बुझाएका हुन् ।
बैठकले प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्दै सुझावसहितको रिपोर्ट तयार पारेर कार्यदलले बुझाको छ ।
पार्टीभित्र जारी विवाद समाधानका लागि विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सहितको ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।
यस्तो छ कार्यदलको सुझावहरु :
- प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।
- सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।
- आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।
- सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।
- सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।
- कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।


