गोरखा – साता दिन अगाडी कोरोना संक्रमण देखिएकी गोरखा हरमटारीकी महिलाले कोरोना जितेर घर फर्किएकी छिन् ।
गोरखा नगरपालिका ६ हरमटारी निवासी ४७ बर्षिया महिलालाई साउन ३० गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनी सहित गोरखामा १२० जनाले कोरोना जितेर घर फर्किएका छन् ।
गोरखा अस्पतालले आज एउटा सूचना जारी गर्दै उत्त महिला कोरोना संक्रमण जितेर घर फर्किएको जनाएको छ । उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट पिसिआर रिर्पोट नेगेटिभ आएकोले डिस्चार्ज गरिएको सूचनामा भनिएको छ ।
डा.नविन थापाद्वारा हस्ताक्षरित उत्त सूचनामा महिलाको स्वास्थ्य उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोग गर्ने ब्यस्थापन समिति, स्थानिय तहका जनप्रतिनिधी, पत्रकार, सुरक्षाकर्मी एवं संक्रमित सबैलाई धन्यबाद ज्ञापन गरेको छ ।
अब गोरखामा १ जना पालुङटारका संक्रमित मात्र आइसोलेसनमा बाँकी रहेको छ । आज डिस्चार्ज भएकी महिला सहित १२० जनाले कोरोना जितेर घर फर्किएका छन् । पालुङटारका १ जना युवाको कोरोनाकै कारण ज्यान गएको थियो ।
गोरखा अस्पतालबाट जारी गरिएको सूचनामा गोरखा नगरपालिका ६ हुनुपर्नेमा ९ लेखिएको छ





















