गोरखा – चाढबाडको मौका छोपी खशी चोरीगरी बिक्रीगर्ने ३ जनालाई प्रहरीले गोरखा सदमुकामबाट नियन्त्रणमा लिएको छ ।
गोरखा भिमसेन थापा गाउँपालिका १ मसेलबाट चोरी गरि गोरखा बजारमा बिक्री गर्न लागेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
खशी धनी भगवान बाँनियाले आफ्नो घरको ३ वटा खशी मध्ये २ वटा खशी चोरी भएको जानकारी गराए पछि प्रहरीले उनीहरुलाई हिजो (बिहिबार) राती शक्तिचोकबाट नियन्त्रणमा लिएका हो ।
खशी चोरी गर्ने मानिस भने अहिले सम्म पक्राउ परेको छैन । उनीहरुको खोजी ब्यापक रुपमा भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
पक्राउ पर्ने मध्ये चोरी भएको खशी बजारमा बेच्न मध्यस्थ गर्ने अजिरकोट गाउँपालिका १ घ्याचोकका खेतमान गुरुङ, चोरी भएको खशी गुरुङ संग लिन जाने दिनानाथ शाहनी र चोरी भएको खशी खरिद गर्ने सुदाम गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
उनीहरुको साथबाट चोरी भएको २ वटा खशी समेत बरामद भएको छ । बरामद खशी ४० किलोको भएको प्रहरी कार्यालयले जनाएको छ ।
गुप्ता गोरखा बजारको बिसौनी मोडमा फलफुल ब्यवसाय गर्दै आएका हुन ब्यत्ति हुन भने शाहनी नयाँ बजारमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ब्यत्ति हुन् । दुवै ब्यत्ति भारतीय नागरिक भएको पुष्टी भएको छ ।
तस्बिर केशब गुरुङ




















