पोखरा – पोखरामा एकै परिवारको १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
समुदाय स्तरमा नै फैलिएको संक्रमणले पोखरा ५ मालेपाटनका एकै परिवारका १३ जनामा संक्रमण भएको पुष्टि भएको हो।
्
परिवारमा पहिलो पटक साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा कोरोना संक्रमण भएको थियो ।
स्वाब परिक्षण गर्दा एकै परिवारका १३ जनामा कोरोना संक्रमण देखिएको पोखरा महानगरपालिकाका जनाएको छ ।
संक्रमण हुनेमा परिवारका वृद्ध सदस्य ८१ वर्षका पुरुष समेत छन्।




















