काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)ले थला पारेको भारतमा २४ घण्टामा ७० हजार भन्दा धेरै संक्रमित फेला परेका छन् ।
भारतमा एकै दिन ७० हजार १०१ जनामा संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । यो भारतको ईतिहासमा कोरोना संक्रमणबाट संक्रमितको सबैभन्दा उच्च संख्या हो । योसँगै भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २८ लाख ३५ हजार ८०० नाघेको छ ।
भारतमा हिजो (बुधबार) एकै दिन कोरोना संक्रमणका कारण ९७८ जनाले ज्यान गुमाएका छन् । यो सँगै भारतमा ज्यान गुमाउनेको संख्या ५४ हजार नाघेको छ ।



