रौतहट – रौतहटको खसरहियामा रहेको हनुमान मन्दिरका पुजारीलाई गोली हानेर हत्या गरिएको छ ।
माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको हो ।
खाना खाइरहेको बेला राति नौ बजेतिर नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


