काठमाण्डौं – निर्वाचन आयोगले नेकपा (एमाले) दल दर्ता गर्ने निर्णय गरेको छ ।
निवेदन परेसँगै विवादमा आएको पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको हो ।
नेकपा (एमाले)दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो नेकपामा विवाद र्सिजना भएको थियो ।
नेकपका अर्का अध्यक्ष पुष्पकमल दाहालले एमाले पार्टी दर्ताको प्रकृया अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा भएको दावी गर्दै आएका थिए । सोही बिषयमा विवाद उत्पन्न हुदा स्थायी कमिटीको बैठक नै प्रभावित भएको थियो ।
नेकपा (एमाले) तर्फबाट निर्वाचन आयोगमा विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरि पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो ।




















