काठमाण्डौं – नेपालको राष्ट्रिय झण्डा जलाउदै म्युजिक भिडियो बनाउने समूह मध्येका थप ३ जनालाई प्रहरी नियन्त्रणमा लिन सफल भएको छ ।
मंगलबार पनि प्रहरीले सोही समूहका २ जनालाई नियनत्रणमा लिएको थियो । यो सहित गरी सो समूहका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ ।
पक्राउ परेका सबैलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
उक्त म्युजिक भिडियोमा साम्प्रदाय माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेको भन्दै संलग्न सबैलाई कानूनी दायरामा ल्याईने प्रहरीले जनाएको छ ।
सोही भिडियोमा संलग्न अन्य ६ जनाको पनि खोजी भई रहेको छ ।
भिडियोका गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी पनि गरेको देखिएकाले त्यसबारे पनि प्रहरीले छानविन अघि बढाएको छ ।
भाद्र १ गते युट्युबमा अपलोड गरिएको उत्त भिडिया मकवानपुरको बागमति गाउँपालिका ३ सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिएको हो ।


