काठमाण्डौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा आज निधन भएको छ ।
मंगलबार साँझ ५ः५५ बजे उनको निधन भएको पारिपारिक श्रोेतले पुष्टी गरेको छ ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए ।


