गोरखा – गोरखा बजारको हरमटारी क्षेत्रकी १ महिलामा कोरोना पोजेटिभ देखिए लगत्तै उनको सम्र्पकमा आएकाहरुको संकलित स्वाब परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ ।
नगरपालिका ६ की ति महिलाको सम्पर्कमा आएका २५ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न पठाइएको थियो ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पिसिआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेम्मीले जानकारी दिए ।
लक्ष्मीबजारीको कोरोना संक्रमित महिलाको सम्पर्कमा आएकाहरुको स्वांब संकलन गर्दा हटमटारीकी ४७ बर्षिया महिलामा संक्रमण देखिएको थियो ।
महिलोको सम्पर्कमा आएकाहरुको साउन ३१ गते स्वांब संकलन गरि परीक्षणका लागि पठाएको थियो ।



