काठमाण्डौं – नेपालको राष्ट्रिय झण्डा जलाएर भिडियो गित बनाउने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
समुदायबीच घृणा फैलाउने र आपत्तिजनक शब्दहरु प्रयोग गर्दै राष्ट्रिय झण्डा जलाएको भिडियो गित सार्वजानिक भए संगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
महानगरिय अपराध महाशाखा काठमाण्डौंको टोलीले पक्राउ गरेका ती व्यक्तिको नाम भने सार्वजानिक गरिएको छैन ।
भिडियोमा यो पनि बाहुनक्षेत्री शरणार्थी हो भन्दै म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा र केही नेताहरुको फोटो जलाइएको दृष्य राखिएको थियो ।
मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार जातीय गाली गलौज गर्दै झण्डा र नेताहरुको फोटो जलाएको भिडियो सार्वजनिक गरिएको थियो ।
यस अघि नै राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनले ‘देशद्रोही’ शिर्षकको गितमा नेपालका राष्ट्रिय झण्डा जलाएको भन्दै आपत्ती जनाउदै ंसंलग्नमाथि कारवाही गर्न माग गरेको थियो ।




















