काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट सोमबार नेपालमा ५८१ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा ५८१ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित अब नेपालमा संक्रमितहरुको संख्या २७ हजार २४१ जना पुगेको छ ।
स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसा पछिल्लो
२४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५२० जनाको पिसिआर नमूना परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।
आज मात्रै काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये काठमाडौंमा १०९ जना, ललितपुरमा १५ जना र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।
आजै संक्रमणबाट देशको विभिन्न भागमा ३ जनाले ज्यान गुमाएका छन् । संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७ जना पुगेको छ ।




















