गोरखा – भिडियो र तस्बिर लिने क्रममा गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रालयमा मन्त्री रामशरण बस्नेत सवार भएको सवारी साधानको सुरक्षा कर्मीले एक सर्व साधारणलाई दुरब्यवहार गरेका छन् ।
मन्त्री बस्नेत सवार सवारी साधान कच्ची बाटोमा जादै गरको भिडियो र तस्बिर लिने क्रममा गोरखा नगरपालिका ३ आँपचौर निवासी सोम श्रेष्ठलाई सुरक्षाकर्मीले दुरब्यवहार गरेका हुन् ।
गोरखा बजारको सतिपिपलमा रेष्टुरेन्ट ब्यवसाय गरेर बसेका श्रेष्ठ आज देखी प्रशासनले निषेधाज्ञा जारी गरेका कारण बन्द गरेर घर तर्फ फर्कदै गर्दा उक्त दृष्य देखेर लिने क्रममा आफुलाई मन्त्रीको सुरक्षाकर्मीबाट दुरब्यवहार भएको बताए । ‘बिहान रेष्टुरेन्ट बन्द गरेर घर जादै उकालो बाटोमा झण्डावाल गाडी फसेको देखेर भिडियो र फोटो लिने क्रममा गाडी रोकेर सुरक्षाकर्मीले तत्कालै भिडियो र तस्बिर डिलिट नगरेको खण्डमा राम्रो नहुने धम्की दिए पछि हटाउन बाध्य भएको’ श्रेष्ठले बताए ।
मन्त्री बस्नेत र पिडित श्रेष्ठको घर वल्लो गाउँ र पल्लो गाउँ हो । श्रेष्ठ गोरखा नगरपालिका ३ को आँपचौरमा रहेको घर जादै थिए भने मन्त्री गोरखा नगरपालिका ३ को घलाङमा रहेको घरबाट गोरखा सदरमुकाम तर्फ आउदै गरेका थिए ।
सदरमुकाम तर्फ आउदै गरेको मन्त्रीको बा.२ झ ३०४१ नम्बरको स्कोरपियो गोरखा नगरपालिका ३ को नारेश्वर भोगटेनीको उकालोमा हिलोमाटोमा फसेको थियो । फोटो खिच्नु श्रेष्ठको सौखिनता भएका कारण पनि उनी जहिल्यै साथमा क्यामेरा बोकेर हिड्ने गर्दछन् ।
यता मन्त्रीको सवारीमा सवार सुरक्षाकर्मीले एउटा सर्व साधारण माथि गरको दुरब्यवहारको सर्वत्र बिरोध हुन थालेको छ ।
सामाजिक सञ्जालमा अहिले मन्त्रिको सुरक्षाकर्मीले गरेको ब्यवहारलाई लिएर निकै टिका टिप्पणी हुन थालेको छ । जानकारहरु भने भिडियो र तस्बिर लिन पाउने स्वतन्त्रता माथि सुरक्षाकर्मीले गरेको ब्यवहार राम्रो नभएको बताउछन् ।
सुरक्षाकर्मीले गरेको दुरब्यवहारका बिषयमा बुझन मन्त्रीको ९८५६०४२७०१ मा प्रयास गर्दा हर्जनो पटक स्विच अफ भनियो ।






















