पछिल्लो समय टिकटक प्रयोगमा अत्याधिक वृद्धि हुँदा नेपालको इन्टरनेट सिस्टममै समस्या आएको छ ।
लकडाउन सुरु भएदेखी केहीरुपमा बढेको टिकटकको प्रयोग पछिल्लो एक महिनाको अवधिमा भने अस्वभाविक रुपमा मात्रामा वृद्धि भएको हो ।
इन्टरनेट सेवा प्रदायकहरुका अनुसार सामान्य अवस्थाको तुलनामा लकडाउनसँगै टिकटकको प्रयोगमा वृद्धि भएको थियो ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल <em>आईस्पान</em> का पूर्व अध्यक्ष विनय बोहोरा भन्छन्, ‘सामान्य अवस्थामा भन्दा १५ प्रतिशतको वृद्धिलाई हामीले समान्य रुपमा नै लिएका थियौं ।
किन भने घरमा बसेर समय बिताउनुपर्दा टिकटक, युट्यव, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगमा वृद्धि हुनु स्वभाविक नै थियो ।’
तर, लकडाउनपछिको अवस्था भने फरक छ । विश्व परिवेशमा भएका दुई वटा ठूला घटनाले पनि यो खालको अवस्था सिर्जना भएको हो ।
अमेरिका र चीनबिचको ब्यापार युद्ध तथा भारत र चीनबीच जारी पछिल्लो सीमा बिवादको असर पनि टिकटकमा परेको छ ।
‘यसको प्रत्यक्ष प्रभाव त नभनौं,’ वर्ल्डलिंकका प्रतिनिधि भन्छन्, ‘तर, भारतले टिकटकमा लागाएको प्रतिबन्धले टिकटकको छुट्टै खालको चर्चा बटुलेको छ ।
जसले गर्दा नेपालमा टिकटक प्रयोगकर्ता ठूलो संख्यामा बढेका छन् ।
टिकटक नै प्रयोग नगर्नेहरुले पनि अहिले टिकटकको प्रयोग गर्न थालेका छन् ।’
१५ दिन अघिमात्रै यसअघि प्रयोगमा रहेको टिकटकले आफ्नो प्राटोकलमा पनि परिवर्तन गरेको छ ।
एचटीटीपी प्रोटोकलबाट सिफ्ट हुँदै टिकटक अहिले एचटीटीपीएसमा परिवर्तन भएको छ ।
सुरक्षाको हिसाबले कम्पनीले यो खालको प्रोटोकल परिवर्तन गरेको हो ।
तर, यसको प्रत्यक्ष प्रभाव सेवाले खपत गर्ने ब्याण्डविथमा परेको वर्ल्डलिंकका प्राविधिकको भनाई छ ।
भायनेटका प्राविधिक प्रमुख ओम थापाका अनुसार यो प्राटोकल लागु हुनु अघिसम्म नेपालका इन्टरनेट सेवा प्रदायकले ट्रान्सप्यारेन्ट ट्राफिक क्यासिङ सिस्टममार्फत टिकटकको क्यास राखिरहेको थिए ।
त्यसो हुँदा ४० जीबीपीएससम्म क्यास जम्मा हुन्थ्यो ।
जसले ४० जीबीपीए अन्तर्राष्ट्रिय ट्राफिक बचत भइरहेको थियो ।
तर, उक्त प्राटोकल परिवर्तन भएसँगै यहाँको क्यास सिस्टमले स्थानीय ट्राफिक पाइरहेको छैन ।
‘प्राविधिक रुपमा पनि हामीले एचटीटीपी प्राटोकलको मात्रै क्यास राख्न सक्छौं ।
एचटीटीपीएसको चाहिँ सम्भव छैन र कानूनी रुपमा पनि यसो गर्न मिल्दैन् ।
टिकटकले नेपालमा अकामाईमार्फत एचटीटीपीएस ट्राफिक दिइरहेको थियो ।
तर, अकामाईको एचटीटीपीएस सर्भर पनि लामो समयदेखी भरिएको अवस्था छ,’ थापा भन्छन, ‘लकडाउनका कारण र अन्तर्राष्ट्रिय उडान नहुँदा त्यसमा अपडेट पनि हुन सकेको छैन ।
जसले गर्दा टिकटकमा अहिले सोझै अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत भइरहेको छ ।’
अहिले पिक आवरमा टिकटकले ६० जीबीपीएस अन्तराष्ट्रिय ब्याण्डविथ खपत गरिरहेको वर्ल्डलिङका प्रतिनिधिको भनाई छ ।
‘जुन हाम्रो कुल अन्तर्राष्ट्रिय ट्राफिकको २५ प्रतिशत हो,’ उनले भने ।
यसले गर्दा अन्तर्राष्ट्रिय ब्याण्डविथको क्षमतामा नै ठूलो असर परिरहेको छ ।
यो परिवर्तनका लागि नेपालका इन्टरनेट सेवा प्रदायक तयार अवस्थामा थिएनन्


