गोरखा – गोरखामा आज देखी सुरु गरिएको निषेधाज्ञाको पहिलो दिन जनजिवन सामान्य रहेको छ ।
आगामी ७ गते सम्म हुने निषेधाज्ञामा सदरमुकाम सहित जिल्लाभरी किराना, औषधी पसल र पेट्रोल पम्प बाहेक सबै बन्द रहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित जिल्ला कमाण्ड पोष्टको हिजोको बैठकले आज अर्थात भाद्र १ गते देखि ७ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
पहिलो दिन दिन आज अत्यावश्यकीय अन्तरर्गतकार सञ्चार, सुरक्षा र एम्बुलेन्स बाहेका सवारी साधानहरु चलेको छैनन् भने खाद्यान्न, औषधी र पेट्रोलियम पदार्थ बाहेकका अन्य ब्यवसायीक पसलहरु बन्द रहेका छन् ।
निर्णय कावान्वयन तथा आवत जावत रोक्नकालागि नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरी परिचालन गरिएको छ ।
‘


