पोखरा – समुदायमा कोरोना संक्रमित भेटिन थालेपछि पोखरामा १ हप्ता निषेधाज्ञा लगाउने निर्णय भएको छ ।
पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
सोमबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते रातिसम्म जारी रहने छ । स्थिति मध्यनजर गरेर समय थपगर्ने वा घटाउने बिषयमा समेत पछि निर्णय गरिने समितिले जनाएको छ।
निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् ।
त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।
मूल समितिमा छलफल गर्नुअघि आइतबार राजनीतिक दलसँग महानगरपालिकाले छलफल गरेको थियो । उक्त बैठकमा सहभागीले संक्रमण तीव्र फैलिरहेकाले १ हप्ता कडा निषेधाज्ञा गर्न सुझाव दिएका थिए । आइतबारको बैठकमा नेकपा, कांग्रेस, राप्रपा लगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।
तस्बिर गुगल




















