काठमाण्डौं – निकै विवाद र चर्चामा आएको नेकपा सचिवालय बैठक आज बस्ने भएको छ ।
पार्टीभित्रको आन्तरिक किचलोकै कारण लामो समयदेखि बस्न नसकेको बैठक आज बिहान ९ः३० बजेका लागि बोलाइएको हो ।
पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदल अनुमोदन गराउन बैठक बोलाइएको हो । बैठकले कार्यदलको कार्यादेश पनि तयार पार्नेछ । गत साउन ३ गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको छैन ।
नेकपाका दुई अध्यक्षले शुक्रबार विवादमा सहमति जुटाउन ६ सदस्यीय कार्यादल गठन गरेका थिए । कार्यदल गठनका बारेमा बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतले असन्तुष्टि ब्यक्त गर्दै आएका छन् ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन् । कार्यदल गठनसँगै नेकपाका देखिएको विवाद समाधान उन्मुख देखिएको छ ।


