पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट गण्डकी प्रदेशका २ जिल्लामा आइतबार थप ६ जनामा संक्रमण पुष्टी भएको छ ।
कास्की र तनहुँ जिल्लामा गरी ६ जना ब्यक्तिमा संक्रमण पुष्टी भएको हो । यो सहित अब गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या १ हजार ७०९ जना पुगेको छ ।
प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले आइतबार बिहान ६ः२० बजे सूचना सार्वजनिक गर्दै कास्कीमा ५ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।
सार्वजनिक गरिएको सूचना अनुसार कास्कीको पोखरा महानगरपालिका १६ मा २२ र ३० वर्षका पुरुष तथा ५० र २२ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । यसैगरी पोखरा महानगरपालिका ५ मा ३३ वर्षीया १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यता तनहुँको भानु नगरपालिका ४ मा ३० वर्षीय १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ सूचनामा भनिएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।


