सिन्धुपाल्चोक – शुक्रबार सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परेरका मध्ये १८ जनाको शब फेला परेको छ भने अझै २१ जना वेपत्ता भएका छन् ।
शुक्रबार जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदीको लामागाउँमा गएको पहिरोमा परेका मध्ये १८ जनाको शव फेला परेको हो । सोही पहिरोमा परेका मध्ये अझै २१ जना बेपत्ता छन् ।
पहिरोमा परी ज्यान गुमाउनेहरुमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् । त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ, कविर दोङ, लक्ष्मी दोङ र मानबहादुर दाङको पनि पहिरोमा परी ज्यान गएको छ ।
नेपाली सेना, प्रहरी र स्थानीयवासीले आज पनि बिहानै देखी पहिरो हटाएर वेपत्ताको खोजि गरिहेका छन् । पहिरोले बस्ती नै पुरेको थियो ।
पहिरोमा परी घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ । यामु लामा दोङको काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।


