काठमाडौँ– चलचित्रकर्मी दिपकराज गिरीले आफूलाई हिजोआज ‘को भाइरल होला’ भन्ने डरले सताइरहेको बताएका छन्। फेसबुकमा लामो स्टाटस लेख्दै गिरीले पछिल्लो समय मिडियासँग कलाकार तर्सने गरेको उनले बताएका छन्।
चलचित्र पत्रकारितामा भएका पछिल्ला घटनाक्रमले गर्दा कलाकारको मानसिक स्वास्थ्यमा असर परेको कुरालाई लक्षित गर्दै गिरीले लामो स्टाटस लेखेका हुन्। उनले कोरोना भाइरसको डर फैलिरहेको अवस्थामा कुन सहकर्मी भाइरल होला भन्ने डरले मुटु झस्किरहने बताएका छन्।
पछिल्लो केही समय कलाकारले दिएको अन्तर्वार्ता विवादको चूलिमा छ। एकपछि अर्को नायिकाहरु विवादमा छन्। नायिका पूजा शर्मा देशका जिल्ला कति ओटा छन् भन्ने प्रश्नको जवाफ दिन नसकेर, दिपाश्री निरौला ‘महानायक’ विवादमा परिन्। यसपछि यी दुई नायिकाको सपोर्टमा बोलेका चलचित्रकर्मी दिपकराज गिरीले पनि गाली खानुपर्यो।
त्यसपछि केही समय शान्त बसेका गिरीले अहिले र पहिलाको अन्तर्वार्तालाई तुलना गरेका छन् । पहिला अन्तर्वार्ता दिँदा इज्जत पाइनेमा अहिले बेइज्जत पाइने बताएका छन् । उनले अन्तवार्तामा सामान्य ज्ञानको प्रश्न सोधिएको विषयलाई लिएर चलचित्र पत्रकारहरुमाथि व्यंग्य गरेका छन्।
<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fdeepakrajgiri84%2Fposts%2F3427738447289805&width=500″ width=”500″ height=”250″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowTransparency=”true” allow=”encrypted-media”></iframe>
‘राम्रो अन्तर्वार्ता नहेरिने, बिग्रिएको भत्किएको, चिप्लिएको समाचार र यसका हेडलाइन बिक्रि हुन थाल्यो। ‘बौद्धिक अपराध’ बढ्न थाल्यो।’ गिरी लेख्छन्, ‘पहिला पहिला पत्रकार साथीहरुले कलाकारले बोलेको नराम्रो लाग्ने कुरा आफैले काटिदिन्थे, तर आजकल ‘कलाकार चिप्लेको कुरा हाम्ले किन मिलाई मिलाई काटिदिनु पर्ने ?’ भन्न दिन आए।’
चलचित्र पत्रकारिता र कलाकार एकै क्षेत्रको भएको नाताले जो नांगिए पनि औँला दुवैतीर उठ्ने भन्दै उनले भनेका छन्, ‘अहिलेको स्थितिमा ‘भाइरस’ र ‘भाइरल’ दुवै बाट बचौँ र बचाउ ।’


