काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा सनिबार थप ४६८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा आज थप ४६८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ ।
संक्रमित कहाँ कति थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । त्यस मध्ये काठमाडौंमा ८० जना, ललिपतुरमा ९ जना र भक्तपुरमा ९ जना रहेका छन् ।
मोरङमा ६५ जना, सर्लाहीमा ५३ जना, कपिलवस्तुमा ३२ जना, धनुषामा २७ जना, मकवानपुरमा २१ जना, सुनसरीमा १६ जना, बर्दियामा १४ जना, बाँके, दाङ र कास्कीमा ११/११ जनामा संक्रमण पुष्टि भएको छ ।
काभ्रे, दोलखा, चितवन र महोत्तरीमा ९/९ जना, खोटाङ ६ जना, सप्तरी, सिराहा र सुर्खेतमा ५/५ जना, रौतहटमा ४ जना, रामेछाप र दैलेखमा ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँमा २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङमा १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



