गोरखा – जिल्लाको पालुङटार नगरपालिकाले ८ दिनकालागि लकडाउन घोषणा गरिएको छ ।
आज नगरपालिकाले सुचना जारी गर्दै ८ दिन सम्मका लागि लकडाउन गरेको सर्व साधारणलाई जानकारी गराएको होे ।
नगरपाकिलाले जारी गरको सूचनामा ‘विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढिरहेको अवस्थामा यस नगरपालिकामा पनि संक्रमणको उच्च जोखिम रहेको हुँदा उक्त्त जोखिमलाई न्यूनीकरण गर्न यही मिति २०७७/०४/३२ गते देखि २०७७/०५/०७ गते सम्म लागु हुने गरी अत्यावश्यक सेवा (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अति आवश्यक सेवामा खटिने कर्मचारीहरु, एम्बुलेन्स, औषधि, खाद्यान्न, तरकारी, पानी, बिजुली आदी) बाहेक अन्य सबै कार्यालय, उधोग, व्यवसाय, बैंक, वित्तीय संस्था, मेला, जात्रा, आवतजावत बन्द गरिएको व्यवहोरा सबै नगरवासीमा सुचित गरिन्छ’ भनिएको छ ।
पालुङटार नगरपालिका भित्र विदेशबाट आएकाहरुबाट समुदाय स्तरमा कोरोना संक्रमण फैलन सक्ने भन्दै नगरक्षेत्रलाई ८ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
गएको बुधबार यात्रा इतिहास नभएको ब्यक्तिलाई कोरोना संक्रमण भए पछि समुदाय स्तरमा नै कोरोना फैलिएको आशंकामा नगरपालिकाले पहिलो पटक लकडाउनको घोषणा गरेको हो ।




