गोरखा – गोरखा सदरमुकामकी एक महिलालाई संक्रमण पुष्टी भएको १२ घण्टा पछि मात्र आइसोलेसन लगिएको छ ।
गोरखा नगरपालिका ६ खेलकुद मैदान क्षेत्रकी ति महिलालाई सनिबार १० बजे पछि मात्र आइसोलेसन लगिएको हो ।
शुक्रबारबार नै संक्रमण पुष्टी भएकी ४७ बर्षिया ति महिलालाई सनिबार बिहान १० बजे पछि मात्र गोरखा क्याम्पसमा रहेको आइसोलेसनमा लगिएको हो ।
संक्रमण पुष्टी भए पछि पनि प्रदेश वा संघले सूचना जारी नगर्दा सम्म जिल्लालाई पासवार्ड प्राप्त नहुने र पासवार्ड प्राप्त नहुदा सम्म प्रिन्ट निकाल्न नमिल्ने भएका कारण संक्रमण भएको ब्यक्तिलाई आइसोलेन लान ढिला भएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए । हिजो संक्रमित महिलाको आज बिहान मात्र प्रदेशले सूचना जारी गरेको र पासवार्ड प्राप्त भए पछि प्रिन्ट निकालेर मात्र महिलालाई आइसोलेन लगिएको समेत स्वास्थ्य प्रमुख रेग्मीले बताए ।
संक्रमित महिलाको स्वाब जनस्वास्थ्य प्रयोगशाला पोखरामा पिसिआर परिक्षण गरिएको थियो ।


