गोरखा – गोरखा सदरमुकाममा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ ।
संक्रमित गोरखा नगरपालिका ६ को भएको पुष्टी भएको छ ।
संक्रमण देखा परेको ४७ बर्षकी महिला भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको छ । उनी केही साता अगाडी काेराेना संक्रमण देखीएकी गोरखा नगरपालिका ९ लक्ष्मी बजारकी महिलाकाे आफन्त भएको पुष्टी भएको छ ।
सौन्दर्य कलामा आबद्व ति महिलाको सम्र्पकमा रहेको मानिसहरुको स्वाब संकलन गरेर पिसिआर परिक्षण गर्दा उनीमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित महिलाको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।



