कालिकोट – कालिकोटको नकुगाउँमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको ज्यान गएको छ ।
अविरल वर्षा पछि आएको पहिरोमा परी महाबै गाँउपालिका ३ को नकुगाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको ज्यान गएको हो ।
पहिरोले पुरिदा विष्टका २ छोरा र २ छोरीको ज्यान गएको हो । सोही पहिरोले उनका दाजु डिल बहादुर बिष्टका २ छोरीको पनि ज्यान गएको कालिकोट प्रहरीले जानकारी दिएको छ ।
ज्यान गुमाउनेहरुमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट रहेका छन् ।
साँकेतिक तस्बिर




















