सिन्धुपाल्चोक – जिल्लाको लिदीमा पहिरोले १५ पुरिएको छ ।
शुक्रबार बिहान ६ बजे पहिरो जादाँ जुगल गाउँपालिका २ लिदीमा रहेको १५ घर पुरिएको हो ।
पहिरोमा पुरिएर केही घरका मानिस सम्पर्कविहीन बनेका छन् । केही मानिसले भागेर ज्यान जोगाएका छन् । बस्तीमाथिबाट आएको पहिरोले स्थानियको घरहरु पुरेको हो ।
पहिरो खस्ने क्रम जारी रहेको र जमिन पनि भासिएकाले स्थानिय त्रसित बनेका छन् । पहिरोले बगाएका घरहरु बलेफि खोलासम्म पुरयाएको छ ।
कात्तिकेवाट पहिरो प्रभावित क्षेत्रमा प्रहरी घटना स्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
हिडेर मानिस पुग्ने सम्भावना कम भएकाले भन्दै पालिकाले हेलिकप्टरमार्फत उद्दारको प्रयास गरिरहेको जनाएको छ । बागमति प्रदेशका सामाजिक विकास मन्त्रालयले पनि घटना स्थलमा हेलिकप्टन पठाउने तयारी भई रहेको जनाएको छ ।


