काठमाण्डौं – राजधानी आउनकालागि सवारी पास बन्द गरेको सरकारले १ दिन पनि बित्न नपाउदै निर्णयलाई संशोधन गरेको छ ।
गृह मन्त्रालयले सवारी पास वितरणमा रोक लगाउने निर्णय संशोधन गरेको हो ।
बिहीबार विज्ञप्ति जारी गर्दै २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई अत्यावश्यक सेवाका सवारीमा पास वितरण गर्न निर्देशन दिदै देश भरका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।
कोरोना भाइरसको जोखिम बढेको भन्दै गृहले बुधबार देशभर सवारी पास वितरणसम्बन्धी कार्य बन्द गर्न निर्देशन दिएको थियो ।
एम्बुलेन्स, सरकारी कर्मचारी लगायतको समेत आवागमन असर पुगेपछि बिहीवार निर्णय सच्याउँदै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट अत्यावश्यक सवारी साधनलाई पास दिने व्यवस्था गृहले गरेको हो । गृहले अनुमतिबिनाका सवारी साधन प्रस्थान विन्दुबाटै अन्तरजिल्ला आवागमनमा रोक्न निर्देशन पनि दिएको छ ।



