बारा – आज बारा र पर्सामा गरी थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जना मानिसमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ११ जना महिला र २४ जना पुरुष रहेका छन । संक्रमितहरु वीरगञ्जको घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका भएको जिल्ला स्वास्थ्य कार्याल बाराले जानकारी दिएको छ ।
वीरगञ्ज कारागारका ३७ वर्षीया महिला र ८ वर्षीय बालकमा समेत कारोना संक्रमण देखिएको छ ।
पछिल्लो समय बारा र पर्सामा समुदायस्तरमै संक्रमण देखिन थालेको छ ।




















