बारा – सुन तस्करी गरेको आरोपमा बाराबाट १ जनालाई प्रहरीले पक्राउ परेको छ ।
साउन १३ गते काठमाडौंमा भएको सुन तस्करी काण्डमा आरोपीका रुपमा इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ परेका हो ।
उत्त घटनामा सुनले लेपन गरेको १५ किलो ५०० ग्राम चाँदी र ५०० ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी केही साता अगाडी मात्र पक्राउ परेका थिए ।
घटनामा संलग्न भारतको गुजरातका सञ्जय पटेल भने अझै फरार छन । सुनचाँदी तस्करीमा संलग्न हुनुअघि अन्सारी नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर कैद भुक्तानपछि छुटेका थिए । १३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजान लागेको सुनचाँदी त्यहीँ छाडेर भागेका थिए ।
त्यसको भोलिपल्ट मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई नवलपरासीवाट पक्राउ परेका थिए । सोही अभियोगमा प्रहरीका दुई घुमुवा प्रशन्न श्रेष्ठ, बहादुरसिंह कठायत र सुन लुकाउन सघाउने बागबजारका मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठ समेत पक्राउ परिसकेका छन् ।




















