काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का बिरामीहरु गंभिर अवस्थामा पुगे रेमडिसिविर नामक औषधि प्रयोग औषधि व्यवस्था विभागले अनुमती दिएको छ ।
विभागले औषधिको क्लिनिकल ट्रायलका लागि इच्छुक अस्पताल तथा अनुसन्धान संस्थाहरुलाई आवेदन दिन आग्रह गर्दै सूचना समेत निकालेको हो ।
विश्वभर कोरोना संक्रमणबाट गम्भीर अवस्था पुगेका बिरामीको ज्यान बचाउन यो औषधि प्रयोग हुँदै आएको छ । यो औषधीले गम्भीर अवस्थामा रहेका बिरामीका स्वास्थ्यमा छिटो सुधार ल्याउने चिकित्सकहरुले बताउदै आएका छन् ।
यस अघि नै अमेरिका, दक्षिण कोरिया र भारतमा यो औषधि प्रयोगको अनुमति दिइसकेको छ ।




















