काठमाण्डौ – आजबाट देशका सबै जिल्लाबाट कुनै पनि प्रकारको सवारी पास बन्द गरिएको छ ।
गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिए लगत्तै आजबाट कुनै पनि प्रकारको सवारी पास बन्द गरिएको हो ।
ुहालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि वितरण नगर्नरनगराउनुहुन आदेशानुसार अनुरोध छ मन्त्रालयले प्रशासनलाई पठाएको पत्रमा भनेको छ ।
यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तर जिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समय काठमाण्डौ उपत्यकासहित देशभर कोरोना सङ्क्रमण बढ्न थाले पछि सरकारले यो कदम चालेको हो ।





















