गोरखा – गोरखा लक्ष्मी बजार क्षेत्रमा पुनः कोरोना संक्रमित फेला परेको छ ।
दोस्रो चरणको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा गोरखा नगरपालिका ९ लक्ष्मीबजार क्षेत्रका २२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । अब यो सहित गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या ११८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा उत्त पुरुषमा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । ‘अझै गोरखा नगरपालिका भित्रको केही मानिसहरुको स्वाबको रिर्पोट आउन बाँकी भएको’ न्यौपाने बताए ।
संक्रमित व्यक्तिलाई आजै गोरखा क्याम्पसको आइसोलेसनमा ल्याइएको छ ।
सो क्षेत्रमा पहिलो पटक २४ बर्षिय महिलामा संक्रमणको पुष्टी भएपछि उनको सम्र्पकमा आएकाहरुको पिसिआर परिक्षण गर्दा पहिलो चरणमा ३ जनामा संक्रमणको पुष्टी भएको थियो । दोस्रो चरणको कन्ट्रयाक्ट ट्रेसिङमा संकलित स्वाबबाट सोही क्षेत्रका ३५ बर्षिय एक पुरुष हिजो मात्रै पनि कोरोना संक्रमणको पुष्टी भएको थियो ।
गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार दोस्रो चरणको संकलित स्वाब मध्ये ६ जनाको रिर्पोट आउन बाँकी नै छ ।
आज कोरोना संक्रमणको पुष्टी भएका २२ बर्षिय पुरुषको सम्र्पकमा आएका ३७ जनाको पनि स्वाब संकलन भएको नगरपालिकाले जनाएको छ ।
यो संगै लक्ष्मी बजार क्षेत्रमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुरुमा संक्रमण देखिएको महिलालाई कहाँबाट संक्रमण भयो भन्ने बारे अझै सम्म पनि पत्ता लाग्न सकेको छैन ।




















