काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट बुधबार थप ८ जनाको ज्यान गएको छ ।
देशको विभिन्न भागमा संक्रमणबाट ८ जनाले गुमाएको पुष्टी भएको हो । अब नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित ८ जनाको ज्यान गएको जानकारी दिएको हो ।


